बैंकिङ खबर/ नेपाल लघुवित्त बैंकर्स संघ अन्तर्गतको राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चले ग्लोबल मनि विकको अवसरमा बृहत् वित्तीय र्यालीसहित वित्तीय जागरण कार्यक्रम राजापुर नगरपालिका वडा नं ४ स्थित होटल डाइमन्डमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा २१ वटा लघुवित्तका २२ वटा शाखा कार्यालयहरुले सहभागी जनाएका थिए । उक्त कार्यक्रमको सभापतित्व नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए भने प्रमुख अतिथिमा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु थिए ।
अन्य अतिथिहरुमा आत्मनिर्भर लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सोगत बिर चौधरी, युनिक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक शागर बोहरा, शसस्त्र प्रहरी बलका नायव उपरीक्षक राजेन्द्र कुवर, यसै राजापुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रसादु चौधरी, वडा नं १ का वडाध्यक्ष बाबुराम चौधरी, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. का प्रदेश ४, ५, ६ र ७ का प्रदेश प्रमुख तर्क बहादुर रावल लगायत नेरुडे मिर्मिरे लघुवित्त, एन आईसी एसिया लघुवित्त, सम्पदा लघुवित्त, स्वाभिमान लघुवित्त, निर्धन उत्थान लघुवित्त र ग्रामिण लघुवित्तका अनुगमन अधिकृत, यसै राजापुर गेरुवा क्षेत्रका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुसहित ४७८ जनाले उपस्थिति जनाएका थिए ।
राजापुर गेरुवा क्षेत्रको समस्याको उजागर गरी कसरी यस क्षेत्रलाई हर तवरमा उत्कृष्ट बनाउन सकिन्छ साथै आत्मनिर्भर हुनुमा दृढ अठोट र मिहिनेत नै प्रमुख हतियार रहेको भन्दै प्रमुख अतिथिले कुनै पनि काम गर्दा लाज संकोच नमानी सिर्फ काममा फोकस गर्दा अवश्य सफलता पाइने बताए ।
उक्त कार्यक्रममा अहिलेको अवस्था र व्यवस्था सुधार कसरी गर्न सकिन्छ, बर्तमान अवस्थामा देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ, लघुवित्त संस्थाहरू र स्थानीय तह विच कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ, कर्मचारी सुरक्षा, वित्तीय सचेतना कसरी फैलाउने, राजापुर गेरुवा क्षेत्रका समस्या समाधान कसरी गर्ने, सदस्यहरुबाट गुनासो र सुझावका साथै सदस्यका सफलताका कहानी, लघुवित्त संस्थाहरू साच्चै माइती बनेर आएका हुन् गलत सूचना र भ्रमित हुनु हुँदैन भन्नेबारे छलफलसहित कर्जाको सहि सदुपयोग गरी आवश्यकता अनुसार मात्र कर्जा लिनु र बचत किन आवश्यक छ भनि विस्तृत रुपमा छलफल भएको थियो । उक्त कार्यक्रमको संचालन भुवन ढकालले गरेका थिए ।




