एनएमबि बैंकले भुकम्पबाट पूर्णरुपले क्षतिग्रस्त भएको थापाथली स्थित गोरखनाथ मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त मन्दिरको सरसफाई गरेको हो । सरसफाई गर्ने क्रमममा बैंकले भुकम्पले भत्काएको मन्दिरको अबषेशलाई मन्दिर परिसरमै सुरक्षित राख्ने गरी व्यबस्थापन समेत गरेको छ । सो मन्दिर बिनाशकारी भुकम्पका कारण पूर्णरुपले क्षतिग्रस्त भएको थियो । गुठि संस्थानसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा स्थानिय बासिन्दाहरुको सहभागिता थियो ।
“सम्पदा संरक्षणको साथमा एनएमबि बैंक” भन्ने नारा लिएर एनएमबि बैंकले सम्पदा संरक्षणको क्षेत्रमा २०११ साल देखि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । एनएमबि बैंकको एनएमबि सोसियल इनिशिएटिभ कोषले हरेक वर्ष विभिन्न सम्पदा क्षेत्रहरुको जिर्णोद्धार, सफाइ कार्यक्रम तथा एनएमबि बैंक हेरिटेजवाकको पनि आयोजना गर्दै आएको छ ।