March 20th, 2025

लघुवित्तका शाखा प्रमुख कार्यालयमै मृत भेटिए

बैंकिङ खबर/ जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत भेटिएका छन् । मोरङको उर्लाबारी–७ का शाखा प्रमुख भुपेन्द्रकुमार साह झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

चैत ६ गते शाखा प्रमुख ३२ वर्षीय साह कार्यालयमै मृत भेटिएका हुन् । मोरङको झुर्किया घर भएका उनी गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा कार्यरत थिए ।