March 19th, 2025

ऋण असुली न्यायाधिकरणको बैंकिङ्ग सदस्य पदमा अर्याल नियुक्त

बैंकिङ खबर/ सरकारले ऋण असुली न्यायाधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै विश्व बैङ्कमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत भएको छ ।