Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

२०८१ चैत्र ३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँलाई निश्चित अवधिको निक्षेपका रूपमा लगानी गर्ने निर्णय गरेको छ। बैंकले आइतबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई उक्त निक्षेप राख्न प्रस्ताव आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १७ करोड २५ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ।

यस निक्षेपका लागि चैत ५ गते साँझ ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार ३६६ दिनको अवधिका लागि उक्त लगानी चैत १० गतेदेखि सुरु भई आगामी वर्षको चैत ९ गतेसम्म रहनेछ।