बैंकिङ खबर/ शहिद लखन गाउँपालिकामा भएको दुई दिने बृहत् निःशुल्क स्वास्थ शिविरमा ५२५ जनाले सेवा लिएका छन् । सानिमा बैंक, नेपाली सेनाको रिपुमर्दन गण गोरखा र शहिद लखन गाउँपालिकाको आयोजनामा भएको शिविरमा सो क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् ।
शहिद लखन वडा नं.६, घैरुङ स्वास्थ्य चौकीमा भएको शिविर ३६५ महिला र १६७ पुरुषले विभिन्न सेवा लिएको स्रोतले जनाएको छ । शिविरमा विशेषज्ञ डाक्टरहरुको समुहले महिलाहरुको पाठेघरमा हुने मुखको क्यान्सर,स्क्रिनिङ्ग अर्थात् भिआईए जाँच गरिनुका साथै हाड जोर्नी, स्त्री रोग, चर्म रोग, मधु मेह, जनरल ओपिडी तथा विविध रोगको परीक्षण गरेका थिए ।
शिविरमा १० जनाले दन्त परीक्षण ९० जनाले महिला तथा स्त्री रोग सम्बन्धी, १४९ जनाले हाडजार्नी सम्बन्धी, २२ जनाले छाला सम्बन्धी सेवा तथा अन्य विभिन्न परीक्षण र ७३ जनाले ल्याप सम्बन्धी सेवा, ४१ जना महिलाले विशेष पाठेघरको मुखको क्यान्सर को परीक्षण गरीएको थियो ।
उक्त कार्यक्रको क्रममा विभिन्न व्यक्तिहरुले मन्तव्यका क्रमामा सानिमा बैंकको गोरखा शाखाले छोटो समयमा पनि गुणस्तरीय सेवा प्रवाह र ग्राहको हितमा काम गरेकोमा समेत उच्च सम्मान र आगामी दिनमा समेत यस्तै राम्रो कामको व्यक्त गरिएको थियो ।




