बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि गठित सिफारिस समिति सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरेको छ ।
आवेदन दिएकामध्ये चूडामणि चापागाईँ,नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका हुन् । संक्षिप्त सूचीमा छनौट भएका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बिहान ७ बजे अर्थ मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।