March 13th, 2025

गरिमा विकास बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारणले आगामी १५ दिनभित्र र संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिइसक्नु पर्नेछ।