March 9th, 2025

नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

बैंकिङ खबर/नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.०७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।