Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनउत्थान सामुदायिक लघुवित्तले मनायो १४औं वार्षिक साधारण सभा

२०८१ फाल्गुन २५ गते

बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड को १४औं वार्षिक साधारण सभा रुपन्देहीको बुटवल उपमहानगरपालिका–०९, कालिकापथस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा. मान बहादुर वीके को अध्यक्षतामा आयोजित साधारण सभामा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार राय ले स्वागत मन्तव्य दिएका थिए।

सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर वीकेले वित्तीय संस्थाको सेवा दिगो बनाइराख्न रणनीतिक योजना (सन् २०२३–२०२८) परिमार्जन गर्दै सदस्य केन्द्रित कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन भइरहेको जानकारी दिए।

कार्यक्रममा संस्थापक तथा पूर्व अध्यक्ष बाबुराम विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल, संस्थापक रेवन्त बहादुर विश्वकर्मा, जनउत्थान प्रतिष्ठानका प्रतिनिधि रण बहादुर रम्तेल, तथा सर्वसाधारण शेयरधनी पशुपति पाठक ले शुभकामना मन्तव्य राखेका थिए।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, तथा इक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक प्रतिवेदनहरू छलफल गरी स्वीकृत गरेको छ।

सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ। विशेष प्रस्तावअन्तर्गत, भविष्यमा अन्य लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गरिएको छ। साथै, नियमनकारी निकायका निर्देशन अनुसार पवन्धपत्र तथा प्रबन्धपत्रमा आवश्यक संशोधन वा परिमार्जन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गरिएको छ।

जनउत्थान सामुदायिक लघुवित्तले वित्तीय समावेशिता विस्तार गर्न तथा ग्रामीण समुदायमा वित्तीय पहुँचलाई सुदृढ पार्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।