२०८१ फाल्गुन १९ गते

गाडी कर्जाको मूल्य अनुपात ६० प्रतिशत कायम

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले गाडी कर्जाको मूल्य अनुपात ६० प्रतिशत कायम गरेको छ। केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका लागि व्यक्तिगत अन्य सवारीसाधनको ऋण मूल्यको अनुपात (लोन टु भ्यालु रेसियो) अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको छ।

यसअघि व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारीसाधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा ८० प्रतिशतमात्र गर्नुपर्ने व्यवस्था रहेको थियो।