Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको सीईओमा आवेदन दिने म्याद थप

२०८१ फाल्गुन १८ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आवेदन दिने म्याद ७ दिन थपिएको छ। निप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले एक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरिएको जानकारी गराएको हो। अब इच्छुक उम्मेदवारले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

यसअघि सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै फागुन १८ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। तर, यो अवधिमा ३ दिदन सार्वजनिक बिदा परेकोले आवेदन दिने म्याद थप गरिएको समितिले जनाएको छ।

नेप्सेमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक र योग्य नागरिकले तोकिएको अवधिभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ। आवेदनका साथ गोप्य खामबन्दी व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्ने समितिले जनाएको छ।

नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो। हाल नेप्सेको कामु सीईओ जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँललाई दिइएको छ।