गोरखा वसपार्कमा प्रधान कार्यालय रहेको मनास्लु विकास वैक लि. गोरखाले आफ्नो स्थापनाको छैटौं बार्षिकोत्सव गोरखामा विविध कार्यक्रमहरुको आयोजना गरि मनाएको छ । “हाम्रो साधन स्रोत हाम्रै क्षेत्रको विकासका लागि’’ भन्ने मुल नाराका साथ गोरखा, तनहुँ र चितवन कार्यक्षेत्र रहने गरि २०६७ सालमा स्थापित यस बैंकले २०७३ साल मंसिर २७ गते सोमवारका दिनवाट छैटौ वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको छ । छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत खुल्ला रक्तदान कार्यक्रम, गोरखा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण, गोरखा स्थीत गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई आर्थिक सहयोग, बैंकमा कार्यरत उत्कृष्ठ कर्मचारी तथा शाखालाई नगद पुरस्कार सहित सम्मान लगायतका विविध कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेको छ ।
बैंकले आफ्नो छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकले बिभिन्न बिद्यालय तथा बिदालयका जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । बार्षिक उत्सवलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्री विजय मल्लले गरिब तथा जेहेन्दार बालवालिकाहरु लाई बैंकको तर्फबाट सानो भए पनि सहयोग गर्न पाएको खुसी प्रकट गर्दे हाल छात्रवृत्ति पाएका विद्यार्थीहरुले राम्रो अंक ल्याई उत्तिर्ण हुदै गएमा आगामी बर्षहरुमा पनि छात्रवृत्तिलाई निरन्तरता दिईने वताएका थिए ।
बैंकको हालको चुक्ता पुँजि रु २७ करोड ५२ लाख ५० हजार रहेको छ । आ.व.२०७२/०७३ को मुनाफाबाट प्रस्तावित १८ प्रतिशत वोनश शेयर वितरण पश्चात ३० करोड ८३ लाख पुग्नेछ । बैकले चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा रु २ अर्व १७ करोड ३ लाख ५५ हजार २ सय ७२ रुपैया निक्षेप संकलन र १ अर्व ७२ करोड ६७ लाख ७१ हजार ५ सय १५ रुपैया कर्जा लगानी गरेको छ । बैंकले उक्त प्रथम त्रैमासमा २ करोड १० लाख ८१ हजार १ सय ७१ रुपैया सञ्चालन मुनाफा आर्जन गरेको छ भने खराव कर्जा हाल सम्म शून्य रहेको छ ।
यस विकास बैंक र पोखरा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलप्मेण्ट बैंक विच एक आपसमा मर्जर गर्ने सम्वन्धमा हस्ताक्षर गरी मर्जर प्रक्रियामा रहेको छ । ओम डेभलप्मेण्ट बैंकसँगको मर्जर पश्चात बन्ने राष्ट्रिय स्तरको विकास बैंक ( ओम डेभलप्मेण्ट बैंक लि. )को कुल शाखा ४२ (हाल निमार्ण कार्य भईरहेका शाखाहरु समेत गरी) पुग्नेछ भने वोनश शेयर तथा हकप्रद शेयर मार्फत तोकिएकै समय भित्र २ अर्व ५० करोड चुक्ता पुजी पुर्याईने लक्ष्य लिईएको छ ।