२०८१ फाल्गुन १४ गते

विद्युतीय गाडीको व्यापारमा राष्ट्र बैंकले ब्रेकर लगायोः करण चौधरी

बैंकिङ खबर/ मौद्रिक राष्ट्र बैंकले विद्युतीय सवारी साधनको बिक्रीमा कडाइ गरेको छ । विद्युतीय गाडीको खरिदमा बैंकहरूले ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेका थिए । अब बैंकहरूले विद्युतीय सवारीमा ८० प्रतिशतको कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार अब बैंकहरूले ६० प्रतिशतसम्म मात्रै ईभीमा कर्जा प्रवाह गर्न पाउनेछन् ।

विद्युतीय सवारीमा कर्जाको सीमालाई ८० प्रतिशतबाट ६० प्रतिशतमा झार्दा व्यवसायीहरू निरुत्साहित बन्न पुगेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी विद्युतीय गाडीको व्यापारमा राष्ट्र बैंकले ब्रेकर लगाएको बताउँछन् ।

राष्ट्र बैंकले ईभीको बिक्रीमा स्पीड ब्रेकर लगाएको हो । ठूलो मात्रामा ईभीको बजारमा प्रभाव पर्ने देखिने उनले बताए । उनले भने, ‘सरकारको कहिल्यै पनि दीर्घकालीन रणनीति भएन । बारम्बार राज्यका निकायबाट लिइने नीतिहरू स्थिर हुनुपर्छ भन्दै आएका छौं तर, त्यो भएको छैन ।’