बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रालि लाई दिएको भुक्तानी सेवाप्रदायकको लाइसेन्स खारेज भएको छ । कम्पनीले लामो समयदेखि सञ्चालनमा नभएको भन्दै बैंकले लाइसेन्स खारेज गरिदिएको हो ।
कम्पनीले २०७६ सालको भदौमा लिएको लाइसेन्स नवीकरण नगरिएको जानकारी गराएको छ। कम्पनीको एप्लिकेसन पनि नभएको र सेवा पनि बन्द रहेको राष्ट्र बैंकले पाएको छ। त्यस्तै नियामकीय नियमको परिपालना पनि नगरेकाले नवीकरण नगरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
यो कम्पनीको लाइसेन्स नवीकरण नभएको र योसँगै कसैले पनि कारोबार नगर्न राष्ट्र बैंकले सचेत गराएको छ। त्यस्तै कुनै लेनदेन बाँकी भएमा ३० दिनभित्र संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।