फेवा विकास बैँकले २१.९० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैँकको संचालक समितिको गत फाल्गुण २३ गते बसेको वैठकको निर्णय अनुसार आ.व. २०७१/७२ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैकवाट स्वीकृत भएको हो । उक्त वोनश शेयर बैकको आगामी आठौंं बार्षिक साधारण सभावाट पारित भए पछि लागु हुनेछ । यस पश्चात बैंकको कुल चूक्तापूजी रु ९९ करोड पचास लाख पुग्ने छ ।
फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२/७३ को दोस्रो त्रयमासमा १७ करोड ३३ लाख रुपैँया संचालन मुनाफा आर्जन गरेको थियो भने सोही अवधिसम्म निक्षेपमा गत आषाढ मसान्तको तुलनामा १ अर्ब १६ करोड रुपैँयाले वृद्धि भई १० अर्ब ५३ करोड रुपैँया पु¥याएको छ । त्यस्तै, कर्जातर्फ गत आषाढ मसान्तको तुलनामा ७३ करोडले वृद्धि भई ८ अर्ब ८४ करोड रुपैँया पु¥याएको छ । उक्त बैंकको निष्कृय कर्जाको मात्रा भने अत्यन्तै न्यून रहेको नायव प्रमुख कार्यकारी अधिकृत श्री समिर शेखर बज्राचार्यले जानकारी गराए । देशको विषम परिस्थितिका वावजुत पनि यस प्रकारको वृद्धिलाई बैँकले सकारात्मक रुपमा लिएको छ ।
गत आषाढ २८ गते देखि पोखराका दुई उत्कृष्ट वित्तीय संस्थाहरु विश्व विकास वैक लिं र फेवा फाइनान्स लिं एक आपसमा मर्जर भइ राष्ट्रिय स्तरको फेवा विकास वैकको रुपमा कारोवार गर्दे आइरहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS ATM, SMS बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यास सेवा,प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवातथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आयभएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।