बैंकले गत वार्षिक साधारण सभाबाट ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । बैंकले सेयरधनीहरुलाई एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको सानिमा बंैकको निष्कृय कर्जा ०.०२ प्रतिशत मात्रै रहेको छ । त्यस्तै, बैंकको कर्जा निक्षेप अनुपात ७६.०७ प्रतिशत, रियलस्टेट कर्जा ९.८५ प्रतिशत, खुद तरलता २४.२४ प्रतिशत र पुँजीकोष १२.३६ प्रतिशत रहेको छ ।