नेपाल बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा सञ्चालनमा ल्याएको छ । बैंकले द्धन्द्धको समयमा विस्थापित भएका उक्त शाखा आइतबारदेखि पुनःस्थापित गर्दै सञ्चालनमा ल्याएको हो । उक्त शाखा ०४१ लाख असार २८ गते स्थापना भएकोमा द्धन्द्धकालमा सुरक्षाको कारणले विस्थापित हुन पुगेको थियो ।
यस सुन्तलेटार शाखा सहित हाल नेपाल बैंकको शाखा सञ्जाल १२७ पुगेको छ । बैंकले मुलुकभर छरिएर रहेको यी शाखाहरु मार्फत आधुनिक एवं सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा व्यावसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं शाखा पुनस्र्थापना गर्दै लैजाने बैंकको योजना रहेको छ ।