बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा लागेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले आन्तरिक छलफल गरिरहेको छ । राष्ट्र बैंकले तथ्यांकहरु अध्ययन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याइसक्नुपर्नेछ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत तथ्यांकले दिएसम्मको लचक बन्ने योजना बनाएको बुझिएको छ ।