December 10th, 2016

ओम डेभलपमेन्ट बैंकको जोमसोममा नयाँ शाखा 

johnsom-opening-photo1ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । २०७३ मंसिर २४ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथी शिवनाथ पाण्डेले शाखाको उद्घाटन गरेका हुन् । जोमसोम शाखा उद्घाटनपछि ओम डेभलपमेण्ट बैंकको शाखा संख्या २६ पुगेको छ । अन्य ६ वटा नयां शाखा खोल्नको लागि निर्माण कार्यहरु भईराखेको कार्यकारी निर्देशक पाण्डेले वताए ।

बैंकलाई आर्थिक बर्ष २०७२÷७३ को मुनाफाबाट शेयरधनिहरुलाई २९.२०५ बोनश शेयर दिन राष्ट्र बैंकले स्विकृती दिईसकेको छ । बैंकको २०७३ असोज मसान्तसम्म १२ अर्ब ३२ करोड निक्षेप संकलन गरि १० अर्ब ७८ करोड कर्जा लगानी गरेको थियो ।