आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिनमा दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । लघुवित्तले वर्दियाको सानोश्री ताराताल र कैलालीको टीकापुरमा नयाँ शाखाहरु स्थापना गरी सञ्चालनमा ल्याएको हो । यी दुइ शाखाहरु सहित आशा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ६ पुगेको छ ।
शाखा स्थापनाका अवसरमा विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित यस राष्ट्रिय स्तरको लघुवित्तीय संस्थाले आगामी दिनमा पनि शाखा कार्यालयहरु स्थापना गरी पहुँच बढाउँदै जाने जानकारी दिइयो । सो अवसरमा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले मदानपुर – ७, जुरेथुममा केन्द्रीय कार्यालय स्थापना गरी भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।