आफ्नो १२औँ वार्षिकोत्सवको अवसर पारेर सानिमा बैंक लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले लायन्स् क्लब अफ काठमाडौं समृद्धि र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नारायणचौरको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
बिहान १२ बजे देखि दिउँसो ४ बजे सम्म आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी, लायन्स् क्लब अफ काठमाडौं समृद्धिका सदस्य तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
सानिमा बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वअन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बैंकले मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजालतथा ४७ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।