Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुरु भयो गणपति माइक्रोफाइनान्सको कारोबार, विपन्न वर्गसम्म पुग्ने प्रतिवद्धता

२०७३ मंसिर २४ गते

img_20161209_110611गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शुक्रबारदेखि सञ्चालनमा आएको छ । तनहुँस्थित शुक्लागण्डकी न.पा.–३, दुलेगौंडामा केन्द्रीय कार्यालयको उद्घाटन गर्दै संस्थाले विधिवत रुपमा कारोबार सुरु गरेको हो । संस्थाले गत कात्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट  ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गरी सञ्चालन अनुमति पाएको थियो । संस्थाको उद्घाटन तथा कारोबार सुभारम्भ नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरे ।

कारोबार शुभाम्भको अवसरमा स्वगत मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले लक्षित वर्गसम्म पुगी स्तरीय सेवा प्रदान गर्न वित्तीय संस्था कटिवद्घ रहने रहने प्रतिबद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष युवराज भण्डारीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै देशका विपन्न वर्गसम्म सरल एवं सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने प्रतिवद्घता व्यक्त गरे ।