Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरूको नाफा वृद्धिदर ऋणात्मक

२०८१ माघ ७ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा ४.३६ प्रतिशतले घटेको बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

गएको ६ महिनाका ब्याज आयमा कमी आएको, खराब कर्जा बढ्दै गएको र खराब कर्जाबापतको नोक्सनी व्यवस्था बढेकाले बैंकहरूको नाफा प्रभावित भएको बैंकहरूले जनाएका छन् ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० वाणिज्य बैंकहरुको खुद नाफा २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ अर्ब ६८ करोड ८३ लाख मुनाफा आर्जन गरेका थिए ।

सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको नाफामा घटेको छ भने ११ बैंकले बढाएका छन् । अर्थतन्त्र चलायमान बन्न नसक्दा निमार्ण व्यवसायीको भुक्तानीमा समस्या भएको, साना तथा मझौला व्यवसायीहरूको व्यवसाय प्रभावित भएकोलगायत कारण बैकिङ क्षेत्रमा असुलीमा समस्या भएको छ ।