December 7th, 2016

आईएमई र अक्सिजन इण्डियाबीच रेमिटेन्स सेवा सुरु

img_4072आईएमई लिमिटेड र अक्सिजन सर्भिस इण्डिया प्रा.लि बीच औपचारिक रेमिटन्स सेवा सुरु भएको छ । एक कार्यक्रमको आयोजना गर्दै यी दुई संस्थाबीच औपचारिक रुपमा रेमिट्यान्स सेवा सुरु भएको जनाकारी गराइएको हो । 

hemraj-dhakalकार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले डिजिटल्स फाईनान्सीयल सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र विस्तारै डिजिटल्स फाईनान्सीयल सेवामा प्रवेश गर्दै गरेको आईएमईबीच भएको सेवा शुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपाली दाजुभाईहरुको कमाईलाई सहज हुने विश्वास व्यक्त गरे । यो सहकार्यले डलर बेचेर भारतीय रुपैयाँ किन्नुपर्ने नेपालको वाध्यतालाई थोरै भएपनि कम गर्ने विश्वास आफूहरुले लिएको उनले बताए । 

pramod-saxenaशुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आईएमई तथा अक्सिजन इण्डिया प्रा.लिका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । यस साझेदारीसँगै भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरु मार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र आईएमई लिमिटेडबीच भएको सेवा शुभारम्भले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने विश्वास लिइएको छ । 

आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिंग साझेदार हुन ।