December 30th, 2024

साई स्वागत सहकारी ठगी प्रकरणः पैसा तिर्ने सहमतिपछि छुटे भरत जंगम

बैंकिङ खबर/ सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । काठमाडौंको बानेश्वरस्थित रहेको साई स्वागत सहकारी ठगीमा जोडिएका उनी गत हप्ता पक्राउ परेका थिए । साई स्वागत सहकारीको १ करोड ६ लाख ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सहकारी ठगीमा मिलापत्र गर्न सकिने सरकारको नीतिबमोजिम उनी ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् । सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्र कटुवालका अनुसार जंगमले पीडितले जाहेरीमा माग गरेको बिगो रकम बुझाएका थिए ।