Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निरन्तर तरलता खिच्दै राष्ट्र बैंक, आज पुनः ७० अर्ब झिक्दै

२०८१ पुष १४ गते

बैंकिङ खबर/ बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट निरन्तर तरलता खिच्न थालेको छ। आइतबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ७० अर्ब खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।