December 22nd, 2024

रवि लामिछानेविरुद्ध ३१ करोड २६ लाख मागदाबीसहित अभियोगपत्र पेश

 

बैंकिङ खबर/ जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध आइतबार तीन वटा मुद्दा दर्ता भएका छन् । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखको विगो मागदाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा भने ३ करोड ३७ लाखको विगो मागदाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले साढे चार सय पेज लामो आरोपपत्र अदालतमा पेस गरेको छ । अदालतले अहिले अभियोगपत्र अध्ययन गरिरहेको छ । अभियोगपत्रमा रवि र छविसहित ४४ जनाविरुद्ध फरक-फरक मागदाबी गरिएको छ ।