बैंकिङ खबर/ काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात गत साउन, भदौ, असोज र कात्तिक महिनामा १ हजार ५९३ वटा उजुरी फर्स्योट गरेको छ।
महानगरपालिकाले विभिन्न निकायबाट माग भएका ६३ वटा विवरण पठाएको छ भने ४ सय वटा सहकारी संस्थाको फाइल अद्यावधिक समेत गरेको छ। त्योसँगै गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ वटा गुनासोमध्ये २५ वटा गुनासो सम्बोधन भइसकेको पनि महानगरले जानकारी दिएको छ।
अनुसार गत आर्थिक वर्ष अनुगमन गरिएका ४० वटामध्ये ३९ वटालाई सफाइ पेस गर्न १५ दिनको समय दिइएको सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव सुशील सुवेदीले जानकारी दिए। सफाइ दिनेमध्ये ९ वटाको सफाइ चित्त बुझ्दो नदेखिएपछि कारबाही र थप अनुसन्धानका लागि प्रहरीमा लेखेर पठाइएको पनि उनले बताए।
बागमती प्रदेशमा ३ हजार २७२ छन् जसमध्ये २ हजार ३९२ उपत्याकामा मात्र छन्। काठमाडौँ महानगरपालिकाभित्र १ हजार ९३५ वटा सहकारी संस्था छन्।