एनआईसी एशिया बैंकले आफ्नो ग्राहकहरुलाई विभिन्न आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोमा सोमबारदेखि आफ्नो इन्टरनेट बैंकिङ्ग NCHL-IPS मार्फत नेपाल क्लियरिङ हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS को सेवा समेत प्रदान गरि सेवा विस्तार गरेको छ । उक्त सेवामार्फत ग्राहकहरुले आफ्नो एनआईसी एशिया बैंकमा रहेको खाताबाट नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकमान्तर गर्न सक्नेछन् । यसरी NCHL-IPS को सेवा आफ्नो इन्टरनेट बैकिङ्ख च्यानलबाट प्रदान गर्ने एनआईसी एशिया बैंक नेपालकै पहिलो बैंक बनेको छ ।
यससँगै, अब ग्राहकहरुले बैंक धाईराख्नु नपर्ने र सजिलै आफु रहेको स्थानबाट इन्टरनेटमार्फत उक्त सेवा प्राप्त गर्न सक्नेछन् । विद्युतीय माध्यमबाट हुने उक्त प्रकृयाले ग्राहकहरुको समयको बचत गर्नुका साथै यससँग सम्बन्धित अन्य खर्च समेत कम हुने हुँदा यसको प्रयोगले ग्राहक निकै लाभान्वित हुने विश्वास बैंक एवम् NCHL ले लिएको छ ।