December 10th, 2024

राष्ट बैंकको बैंकिङ विभाग र मुद्रा विभागको सेवा नयाँ भवनबाट

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककाे बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा सर्ने भएको छ । केन्द्रीय बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दे कार्यालय सर्ने जानकारी दिएको हो ।

केन्द्रीय कार्यालय बालुवाटारमा रहेको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागले आगामी पुष १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट सेवा दिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

केन्द्रीय बैंकले दिएको जानकारी अनुसार अब उल्लेखित विभाग अन्तर्गतका सम्पूर्ण कामहरू थापाथलीबाट हुनेछ । नयाँ भवनमा सम्पत्ति र सेवा व्यवस्था विभाग र मानव संशाधन व्यवस्थापन विभाग सरिसकेका छन् ।