बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याँक गत साता नै सार्वजनिक गरेको भएपनि गभर्नर महाप्रसाद अधिकारी बाहिर रहेका कारण शुक्रबार मात्रै समीक्षा सार्वजनिक गर्न लागेको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था छ। सोहि कारण पनि केन्द्रीय बैंक भोलि नै समीक्षा सार्वजनिक गर्ने तयारीमा लागेको हो। मौद्रिक नीतिको समीक्षाका लागि केन्द्रीय बैंकको उच्च व्यवस्थापन तहमा समेत छलफल भइसकेको छ।