November 24th, 2024

जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा

बैंकिङ खबर/ जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कुल १४.७३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४५ रुपैयाँ छ ।