बैंकिङ खबर/ चालु आर्थिक वर्षमा अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेको छ । केही संस्थाहरुको भने यस्तो कर्जा घटेको छ ।
चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्थामा २.५७ प्रतिशत निष्क्रिय कर्जा छ ।
गत आवको सोही अवधिमा यो लघुवित्तको निष्क्रिय कर्जा १.४९ प्रतिशत थियो । गत आवको पहिलो त्रैमासमा ३.९२ प्रतिशत रहेको हिमालयन लघुवित्तको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा ३.७२ प्रतिशतमा झरेको छ ।
गत आवको पहिलो त्रैमासमा ११.५ प्रतिशत रहेको ग्रामीण लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा घटेर ४.७८ प्रतिशतमा झरेको छ ।
गत आवको पहिलो त्रैमासमा १.६७ प्रतिशत निष्क्रिय कर्जा रहेको सपोर्ट लघुवित्तको यस वर्ष पहिलो त्रैमासमा १.६४ प्रतिशत निष्क्रिय कर्जा छ ।
यस्तै चालु आवको पहिलो त्रैमासमा डिप्रोक्स लघुवित्तमा ९.०१ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा यो लघुवित्तको निष्क्रिय कर्जा ५.१४ प्रतिशत थियो ।
यस्तै गत आवमा १.९१ प्रतिशत निष्क्रिय कर्जा रहेको फ्रस्ट माइक्रोफाइनान्सको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा ४.४४ प्रतिशत रहेको छ ।
आत्मनिर्भर लघुवित्तको गत आवको पहिलो त्रैमासमा १४.४३ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा चालु आवको पहिलो त्रैमासमा ८.५३ प्रतिशत छ ।
यस्तै उपकार, नाडेप र आरम्भ चौतारी लघुवित्तको निष्क्रिय कर्जा यस वर्ष पहिलो त्रैमासमा क्रमशः १.२५, १०.६१ र २.१४ प्रतिशत छ । गत आवको सोही अवधिमा क्रमशः ४.८३, ६.५६ र ५.४९ प्रतिशत थियो ।
चालु आवको पहिलो त्रैमासमा ग्लोबल आईएमई लघुवित्तको निष्क्रिय कर्जा सामान्य नियन्त्रणमा आएको छ । चालु आवको पहिलो त्रैमासमा यो लघुवित्तको निष्क्रिय कर्जा ४.३५ प्रतिशत छ । गत आवको सोही त्रैमासमा भने ४.७६ प्रतिशत थियो ।
यस्तै मानुषी लघुवित्त, युनिक नेपाल र एनएमबी लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा क्रमशः ५.१३, १५.७९ र ६.३७ प्रतिशत छ, जुन गत आवको सोही अवधिमा क्रमशः ७.३४, १०.८२ र ७.२७ प्रतिशत थियो ।
चालु आवको पहिलो त्रैमासमा लक्ष्मी लघुवित्तको निष्क्रिय कर्जा ७.९४ प्रतिशत रहँदा आत्मनिर्भरको १४.४३ प्रतिशत, नेरुडे मिर्मिरेको १६.१४ प्रतिशत र मेरो माइक्रोफाइनान्स लघुवित्तको ९.३९ प्रतिशत छ । यी लघुवित्तको गत आवको पहिलो त्रैमासमा क्रमशः ६.८९, ८.५३, ५.५१ र ११ .५० प्रतिशत थियो।
यस्तै सूर्योदय वोमीको ६.३० प्रतिशत, सामुदायिक लघुवित्तको ६.४१ प्रतिशत, साना किसानको २.४६ र नेसनल लघुवित्त वित्तीय संस्थाको ४.२६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा भने यी संस्थाहरूमा यस्तो कर्जा क्रमशः ५.९२, ११.१६, ०.८१ र ४.१७ प्रतिशत थियो।
चालु आवको पहिलो त्रैमासमा इन्फिनिटीको ११.३५ प्रतिशत निष्क्रिय कर्जा हुँदा स्वरोजगार लघुवित्तको ५.४३ प्रतिशत र विजय लघुवित्तको ९.५७ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूको यस्तो कर्जा क्रमशः ४.८५, ५.१७ र ७.९० प्रतिशत थियो ।