Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर्जा सूचना तथा कालोसूचीको प्रस्तावित मस्यौमाथि राष्ट्र बैंकले माग्यो सुझाव

२०८१ मंसिर ५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थालाई जारी गरिएको कर्जा सूचना तथा कालोसूचीमा संशोधन तथा परिमार्जन गरी कर्जा सूचनासम्बन्धी व्यवस्थाको प्रस्तावित मस्यौदामाथि राय–सुझाव मागेको हो ।

राय–सुझाव मंसिर ३० गतेभित्र लिखित वा इमेलमार्फत पेश गर्नुपर्नेछ । प्रस्तावित मस्यौदा बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।