मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेडद्धारा आयोजित मेक्स फाइनान्सियल क्युज क्वेस्ट (एमएफक्युक्यु) प्रतियोगितामा स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वबिद्यालय प्रथम भएको छ । विजेताले नगद रु ५० हजार सहित अन्य उपहारहरु प्राप्त गरेका छन् । उक्त विश्वबिद्यालयबाट अनुषा न्यौपाने, जनक सिंह धामी र दिवस उपाध्याय सहभागी भएका थिए ।
त्यस्तै, एपेक्स कलेजले द्धितिय अपाधि हासिल गर्दै नगद रु २५ हजार सहित अन्य उपहार जित्न सफल भएको छ । उक्त कलेजबाट बसन्त सापकोटा, महेश अर्याल र श्वेता तिमल्सिनाले सहभागिता जनाएका थिए ।
यस प्रतियोगितामा विभिन्न व्यवस्थापन कलेज तथा विश्वविद्यालयका २० वटा समुहहरुबिच प्रतिष्पर्धा भएको थियो । वित्तीय साक्षरता अभियानको रुपमा मेक्स नेपालले मंसिर १८ गते शनिबार यस कार्यक्रमको आयोजना गरेको थियो । काठमाडौं कलेज अफ मेनेजमेन्टको प्रांगणमा आयोजना गरिएको सो कार्यक्रममा व्यवस्थापन संकायका विद्यार्थीहरुको ठूलो सहभागीता रहेको थियो ।
मेक्स नेपालले यस प्रतियोगिताको पहिलो संस्करण २०७२ साल आश्विन २ गते आयोजना गरेको थियो । यो प्रतियोगिता मेक्स नेपालले वार्षिक रुपमा आयोजना गर्ने लक्ष्य लिएको छ । प्रतियोगिताबाट प्राप्त सफलताले आउदो वर्ष नयाँ संस्करणको लागि थप उत्साह प्रदान गरेको मेक्स नेपालले जनाएको छ ।