Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त

२०८१ कार्तिक ७ गते

बैंकिङ खबर/ नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको कात्तिक ७ अर्थात आज बसेको बैठकले आजैदेखि लागु हुने गरी अर्ज्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

संस्थाले नयाँ अध्यक्ष पाएसँगै कार्यालयमा रहेका विभिन्न विवाद र समस्याहरु समाधान हुने भन्ने कुरामा कर्मचारीहरुले विश्वास व्यक्त गरेका छन् । केही कर्मचारीहरुले विभिन्न सामाजिक सञ्जाल मार्फत शुभकाना व्यक्त गर्दै कम्पनी मर्जर गर्दाका कुराहरुलाई समेत लागु गर्न आग्रह गरेका छन् ।