December 2nd, 2016

ग्लोबल आईएमई बैंकले सुरु गर्यो ‘EMV चिप कार्ड’

global ime bankग्लोबल आइएमई बैंक, राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्डहरु जारी गर्ने 100% EMV Cards Complaint Bank भएको छ  । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा एइक् टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउने बैंकले जनाएको छ । साथै यस सुविधाबाट नेपाली भुक्तानी डोमेनलाई थप सुरक्षित बनाउन योगदान पुग्ने बैंकको विश्वास छ ।

यस अघिदेखि नै बैंकले अनिवार्य पिन परिवर्तन प्रणालीमार्फत आफ्नो ग्राहकहरुलाई सुरक्षाको प्रत्याभूति गराउँदै आएको छ । यस EMV चिप कार्डको सुचारु सँगै बैंकले आफनो “सबैका लागि बैंक” भन्ने नारालाई अझ सबल तुल्याउन मद्धत पुग्ने जनाएको छ । साथै यस विषेशताले नेपालमा cashless कारोबारलाई बढावा दिने बैंकको बिश्वास छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई दैनिक खरिद तथा बैंकिङ्ग कारोबारका लागि सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सुविधा प्रदान गर्न आफूहरु सँधै प्रयासरत रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।