
बैंकिङ खबर/ सपोर्ट लघुवित्त बित्तिय संस्थाले लाभांश घोषणा गरेको छ। कात्तिक ४ गते बसेको २३२ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट शेयरधनीहरुलाई १४ दशमलब ५० प्रतिशत लाभांस दिने निर्णय गरेको लघुवित्तले नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत जनाएको छ।
जसमा १३ दशमलब ७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ७२५ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्तको कुल चुक्तापुंजी १० करोड ७६ लाख रहेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण हुनेछ।




