October 20th, 2024

हाइड्रोपावरको लाभांश, कुनको कति ?

 
बैंकिङ खबर/ नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये ९ कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गर्ने जलविद्युत कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर, अपि,रु रु, भगवति, सुपरमाइ, माण्डु, शाहस उर्जा,मन्दकीनि र सुपर मादी हाइड्रोपावर कम्पनी रहेका छन् ।

कुन कम्पनीको कति ?

सुपर मादी हाइड्रोपावर

सुपर मादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार बोनसमा १० करोड ५० लाख रुपैयाँ खर्चिने छ । यसैगरी सभाले उक्त बोनसको कर प्रयोजनको लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अपि पावर कम्पनी

अपि पावर कम्पनीले आ.व.२०८१/०८१ को खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रायोजनका लागि नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । यसअघि ९ प्रतिशतका दरले वोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो ।

रु रु जलविद्युत परियोजना

रु रु जलविद्युत परियोजना लिमिटेडले यसपटक १५.७८ प्रतिशत लाभांश दिंदैछ । यस कम्पनीको गत असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सुपरमाई हाइड्रोपावर

सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको गत भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो ।

भगवती हाइड्रोपावर

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

माण्डु हाइड्रोपावर

माण्डु हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको गत असोज ९ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

साहस उर्जा

साहस उर्जा लिमिटेडले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोे छ ।