बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था बर्दघाट सुस्ता पश्चिम नवलपरासीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । रामग्राम नगरपालिका वडा नं ५ परासीमा रहेको शाखा कार्यालय परासीद्वारा रामग्राम नगरपालिका वडा नं.१७ पटखौलीमा सञ्चालित केन्द्र नं १४८.००२९ की सदस्य कौशिल्या देबी केवटको मृत्यु पश्चात बीमा दाबी रकम हस्तान्तरण गरिएको हो । २०८०/०५/२८ गते उनको मृत्यु भएको थियो ।
मृत्यु पश्चात सो केन्द्र बैठक सञ्चालन गर्ने कर्मचारी दिपेन्द्र प्रसाद उपाध्याय तथा अमित चौधरीको पहलमा बीमा दाबी बापत आएको रकम चार लाख ८१ हजार रुपैयाँ निजको नाम मा रहेको कर्जा चुक्ता गरी बाँकी रकम २ लाख २५ हजार ४९० को चेक श्रीमान राजमन केवटलाई हस्तान्तरण गरिएको छ ।
संस्थाको स्टेशन कार्यालय सुनवलको अनुगमन अधिकृत जय कृष्ण जोशी, शाखाको शाखा प्रमुख कृष्ण मालीद्वारा यसै केन्द्रको सदस्य तथा अन्य छिमेकीहरुको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।
कौशिल्या देबी केवटले २०७८/०३/३० गते धान खेति परियोजनाको लागि १ लाख ७० हजार र २०७९÷०६÷२७ गते घर मर्मत परियोजनाको लागि २ लाख कर्जा लिएकी थिइन् । सोहि बखत आफ्नो र श्रीमान्को बीमा गरेकी थिइन् । यस वित्तीय संस्थाले आफ्नो सदस्यलाई कर्जा लगानी गर्दा कर्जाको जोखिम न्यूनीकरणको लागि ऋणी सदस्य र निजको श्रीमान् / श्रीमतीको अनिवार्य बीमा गरिने यस शाखाका प्रमुख कृष्ण मालीले जानकारी दिए ।