नेपाल पर्यटन बोर्डले अमेरिकन एक्सप्रेस र हिमालयन बैंक लिमिटेडसँगको सहकार्यमा विश्वव्यापी पर्यटन अभियान सुरु गरेको छ । नेपाललाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले ‘एक्सपिरियन्स नेपाल’ नाराका साथमा यो अभियान सुरु गरिएको हो । अभियान ३१ जुलाई २०१७ सम्म चल्ने बताइएको छ ।
बोर्डले व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत पर्यटन प्रवद्र्धधन गर्ने छ । यसका लागि बोर्डले फ्रान्स, बेलायत र जापानमा हरेका नेपाली दूतावाससँगको सहकार्यमा पर्यटन प्रवद्र्धन गर्ने छ । प्रवद्र्धनका क्रममा हिमालयन बैंक र अमेरिकन एक्सप्रेस सँगै हुने छन् ।