September 20th, 2024

सम्पदा लघुवित्तद्वारा दाङको उरहरी र पर्साको ठोरीमा दियो वित्तीय साक्षरता तालिम

बैंकिङ खबर/ तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङ र पर्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आबद्ध ग्राहक सदस्यहरुको सहभागितामा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी स्थित सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राङ्गणमा ‘वित्तीय साक्षरता तालिम’ सञ्चालन गरेको थियो ।

उक्त अवसरमा वित्तीय साक्षरता तालिमका साथसाथै तिज विशेष कार्यक्रम पनि सञ्चालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी दिए । उक्त तालिममा कोमल प्रसाद जोशी, विक्रम उपाध्याय, रिमा कँडेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

सहभागीहरुले वित्तीय साक्षरताको परिचय, बचतको महत्व र फाइदाहरु, कर्जाका फाइदाहरु कर्जा सदुपयोगिता गर्नुका फाइदाहरु आदि विषयहरुमा सहभागीहरुले जानकारी हासिल गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई तिजको दर खुवाउने कार्यक्रम पनि राखिएको थियो । वित्तीय साक्षरता तालिम, दर खाने कार्यक्रमका साथसाथै सहभागीहरुले वित्तीय साक्षरता झल्काउने गीत, तिज गीत गाउँदै नृत्य समेत गरेका थिए ।

उक्त कार्यक्रममा सभाध्यक्ष उरहरी शाखामा समुह नं. २ समूह अध्यक्ष कृष्णा बस्नेत वली, प्रमुख अतिथि संस्थाका जोखिम व्यवस्थापन विभाग प्रमुख कोमल प्रसाद जोशी, विशेष अतिथ तुल्सीपुर उ.मा.न.पा. वडा नं. ११ का वडाध्यक्ष मान बहादुर रावल, अतिथि मदनचौक असुली तथा अनुगमन अधिकृत विक्रम उपाध्याय, अतिथि जसपुर प्रहरी कार्यायलयका प्रमुख राम औतार चौधरी रहेका थिए ।

प्रमुख अतिथि कोमल प्रसाद जोशीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेको उक्त कार्यक्रममा ८१ ग्राहक सदस्यहरु, २० जना ग्राहक सदस्यहरुका अभिभावकहरु, ८ जना कर्मचारीहरु गरी १०९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले कार्यक्रममको मूल्याकंनसहित मन्तब्य राखेका थिए । वित्तीय साक्षरता तालिमबाट आफ्नो जीवनमा आवश्यक पर्ने ब्यवहारिक कुराहरु सिक्न पाएकोमा सहभागीहरुले हर्ष प्रकट गरेका थिए ।

सहभागीहरुले दर खुवाउने समयमा माइतीको अनुभूति गरेको जानकारी गराएका थिए । स्वागत मन्तब्य उरहरी शाखा की सहायक एलिना थापाले गरेकी थिइन् । कार्यक्रमको उद्देश्य प्रमुख अतिथि कोमल प्रसाद जोशीले गरेको उक्त कार्यक्रम सञ्चालन उरहरी शाखा की शाखा प्रमुख रिमा कँडेलले गरेकी थिइन् ।

यसैगरी संस्थाले पर्सा जिल्लाको ठोरीमा समेत ‘वित्तीय साक्षरता तालिम’सम्पन्न गरको थियो । कार्यक्रममा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान लिनुका साथसाथै वित्तीय साक्षरता सम्बन्धी गीत, तिज गीतमा नृत्य गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई दर खुवाउने कार्यक्रम समेत राखिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता ठोरी शाखाकै ग्राहक सदस्य तथा केन्द्र प्रमुख दिल कुमारी रिजालले गरेकी थिइन् भने प्रमुख अतिथि पर्सा जिल्ला ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले गरेकी थिइन् ।

गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले गरिबी निवारणमा बैंक तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी गराउँदै बचत गर्ने बानीको विकास र कर्जा सदुपयोगितामा जोड दिन आग्रह गरेकी थिइन् । सामाजिक रुपमा फैलिएको अफवाहको पछि नलागी आफ्नो कर्जा किस्ता नियमित रुपमा तिरेर इमान्दार बनेर उद्यमी भइ आफ्नो र आफ्नो परिवारको उन्नती गर्न जानकारी गगरेकी थिइन् । वित्तीय जागरण, सचेतनामूलक कार्यक्रम संचालन गरी वित्तीय क्षेत्रमा सम्पूर्ण समुदायको पहुँचमा योगदान पु¥याउन सुझाव समेत दिएकी थिइन् ।

संस्थाका व्यवसाय प्रवद्र्धन विभाग प्रमुख मधु घर्तीले संस्थाको परिचयसहित कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पारेकी थिइन् । पर्सा जिल्लाको ठोरीमा सञ्चालित कार्यक्रममा २११ जनाको उपस्थिति रहेको थियो ।

यस वित्तीय संस्थाले ४५ वटा जिल्लाहरुमा १८३ वटा शाखा कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ । यस संस्थाले ग्रामीण क्षेत्रका शोषित, उत्पिडित, पिछडिएका गरिब विपन्न परिवारहरुका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितो सामूहिक जमानीमा कर्जा प्रदान गर्नुका साथै विभिन्न किसिमको गैरवित्तीय सेवा अन्तर्गत आफ्ना ग्राहक सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम, परामर्श सेवाका साथै वित्तीय साक्षरता तालिम, सीप विकास तालिम, उद्यमशीलता विकास तालिम आदि समेत प्रदान गर्दै आइरहेको छ ।

यस वित्तीय संस्थाले २०८१ श्रावण मसान्तसम्ममा १,७७,९३० विपन्न घरधुरीहरुमा सेवा विस्तार गरेको छ । यस वित्तीय संस्थाको २०८१ श्रावण मसान्तमा लगानीमा रहेको रकम रु. ९ अर्ब ५५ करोड ६३ लाख ०५ हजार ५७९ रहेको छ भने ग्राहक सदस्यहरुको बचत रु. २ अर्ब ५३ करोड ४२ लाख २१ हजार ३८५ परिचालन गरेको छ ।