बैंकिङ खबर/ नेशनल लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय अत्तरिया र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच उपचारमा छुट सम्झौता भएको छ । आइतबार संस्थाका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र माया मेट्रो अस्पतालका निर्देशक डा.मोहन साउँदले सम्झौतामा हस्ताक्षर गरे ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया अन्तरगतका शाखा कार्यालयहरुको कर्मचारी एवम् ग्राहक सदस्यहरुलाई अस्पतालले विभिन्न ७ वटा शिर्षकहरुमा उपचारमा छुट दिने सम्झौता भएको अनुगमन अधिकृत अमरेश कुमार कुशवाहाले जानकारी दिए ।
उनका अनुसार अस्पतालले औषधी, बेड चार्ज, इनभेस्टिगेशन, अपरेशन, इन्डोस्कोपी, सिटि स्केन, टि.एम.टि लगायतका सेवाहरुमा छुट दिनेछ । उक्त सम्झौता अवधी एक वर्षको रहेको र सो अवधीमा कम्तीमा ५ प्रतिशत देखी १५ प्रतिशत सम्म अस्पतालले छुट दिने अमरेश कुमार कुशवाहाले बताए । उनले उक्त सम्झौता मिति २०८१।०५।३० गते आइतबारका दिन देखि लागु भएको समेत बताए ।