Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस सेयर दिने

२०८१ भाद्र २८ गते

बैंकिङ खबर/ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको घोषणा अब बस्ने साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले बुक क्लोजको मिति तय गरेको छैन । कम्पनीले अघिल्लो वर्ष पनि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको थियो ।