Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम हुने

२०८१ भाद्र २८ गते

बैंकिङ खबर/ नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एम्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने भएको छ ।

भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्स३ प्रो इभी, इलेक्ट्रीक ह्याचब्याक ई क्वेट ०४ र र ई क्वेट इ२ टेष्ट ड्राइभ गर्न सकिने छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको कम्पनीले जनाएको छ । सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको मिक्चर ग्राण्डर प्राप्त गर्नेछन् ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो, जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो । कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालैमात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौंस्थित तीनकुने मा सञ्चालनमा ल्याएको छ ।

Ad