बैंकिङ खबर/ नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया, कैलालीले सी.पी.अस्पताल प्रा. लि. धनगढीसँग छुट सम्बन्धि सम्झौता गरेको छ ।
लघुवित्तका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र सी.पी.अस्पताल प्रा. लि. धनगढी, कैलालीका प्रशासन प्रमुख हेमराज जोशीबीच १ वर्षको लागि सम्झौता भएको हो ।
सम्झौता अनुसार नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी र ग्राहक सदस्यहरुको उपचार सेवामा यस सी.पी.अस्पताल प्रा. लि. धनगढी, कैलालीबाट विभिन्न शिर्षकहरुको छुट हुनेछ ।
सी.पी.अस्पताल प्रा. लि. धनगढी, कैलालीबाट नेशनल लघुवित्तका कर्मचारी र ग्राहकलाई तपसिलका सेवाहरुमा छुट प्राप्त हुनेछ ।
१.ओ.पि.डी सेवामा
२.औषधीमा
३.ल्याब टेस्ट सेवामा
४.अपरेशन सेवामा
५.इन्डोस्कोपी सेवामा
६.बेड चार्ज सेवामा
७.केबिन चार्ज सेवामा आदि ।