Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

२०८१ भाद्र २४ गते

बैंकिङ खबर/महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता भएको छ । आइतबार विश्व साक्षरता दिवसको अवसर पारी कम्पनी र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौताअनुसार विभिन्न सार्वजानिकरसामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ ।

यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफापानी र सरपसफाईमा सबैको पहुँच’हासिल गर्न सहयोग पुग्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाई तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने नीतिअनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने कम्पनीले बताएको छ ।