नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिले नै बैँकको सुरुवात भइसकेको थियो । नजानिँदो रुपमा मानिसले पैसाको कारोबार धेरै पहिलेदेखि नै सुरु गरिसकेका थिए ।यद्यपि, औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात गरि बैँकिङ इतिहास रच्ने श्रेय इटलीलाई जान्छ । सन् १४७२ मा इटलीमा संसारकै सबैभन्दा पहिलो बैँकको स्थापना भएको थियो । त्यपछिका दिनहरुमा बैँकिङ प्रणाली संख्यात्मक र गुणस्तरात्मक दुवै तवरले विकास हुँदै आइरहेको छ ।
यसैबिच, बैँकिङ इयितहास रचेका संसारका सबैभन्दा पुराना ५ बैँकहरुका बारेमा यहाँ चर्चा गरिएको छ :
बैँक अफ न्यूयोर्क
१७८४ मा अमेरिकाको न्यूयोर्क सहरमा स्थापित बैँक अफ न्यूयोर्क संसारको पाचौँ पुरानो बैँक हो । अहिले बैँक अफ न्यूयोर्क मेलनको नामबाट परिचित यस बैँकको स्थापनामा एलेक्जेण्डर ह्यामिल्टनको ठूलो योगदान रहेको छ । उनले बैँकिङ कानुन निर्माण गरेर बैँक अफ न्यूयोर्क स्थापना गरे । सन् १७९२ मा न्यूयोर्क स्टक एक्सचेन्जको स्थापना हुँदा शेयर कारोबार गर्ने पहिलो कम्पनि बैँक अफ न्यूयोर्क थियो । सन् २००७ मा यसको नाम परिवर्तन गरिएको हो ।
द बैँक अफ स्कटल्याण्ड
सी होर एण्ड को
सन् १६७२ मा लनडन सहरमा स्थापित यस बैँकले इंगल्याण्डमा आधुनिक बैँकिङ तथा कागजी नोटको प्रचलन ल्यायो । निजी स्वामित्वमा स्थापना भएको सो बैँक अहिले पनि पारिवारिक रुपमा चलेको छ । सर रिचार्ड होरको व्यवस्थापनमा बैँक सञ्चालन भइरहेको छ ।
बेरेनबर्ग बैँक
बान्सा मोन्टे डीपस्सी डी सीना