September 1st, 2024

आशा लघुवित्तको सीइओमा बद्री प्रसाद दुलाल नियुक्त

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन्।

वरिष्ठ नायब प्रमुख कायकारी अधिकृत रहेका दुलाललाई लघुवित्तको १५५औँ सञ्चालक समितिको बैठकले ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो। यसअघि जया लोहनीले सीइओबाट राजीनामा दिएपछि दुलाललाई कामु सीइओ तोकिएको थियो ।